टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए ।
तर पहिलो बलमै ब्याटर कुशल भुर्तेललाई गुमायो । त्यसपछि कुशल मल्ल आएका थिए । मल्लले २ चौका हाने पनि नेपाललाई खेल जिताउन पर्याप्त भएन ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल बराबरी भएको थियो ।
अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा सन्दीप लामीछानेले २ विकेट र १ रन आउटसहित ३ विकेट लिएका थिए । तर अन्तिम बलमा २ रन चाहिएको अवस्थामा फैयाज बट रन आउट हुँदा खेल बराबरीमा रोकियो ।
ओमानका लागि ओपनर कश्यप प्रजापतिले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले । ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका उनी अविनाश बोहराको बलमा रोहित पौडेलबाट क्याच आउट भए ।
ओमानका अकिव इलियासले ३३ र जिसन मक्सुदले २६ रन बनाए ।
नेपालका लागि करण केसी र सन्दीप लामीछानेले समान २÷२, सोमपाल कामी, गुल्सन झा, विवेक यादव, अभिनाश बोहरा, समान १÷१ विकेट लिए।
गुल्सन झा र कप्तान रोहितकुमार पौडेलले आकर्षक अर्धशतक प्रहार गरेपछि नेपालले टि–२० विश्वकप छनोटको फाइलनमा ओमानलाई १८५ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनायो।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४ रन बनाए। विस्फोटक ब्याटिङ गरेका उनले २५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाए । रोहितले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए।
१० ओभरमा ६० रन बनाउँदा ४ विकेट गुमाएको नेपालका लागि यी दुईले पाँचौं विकेटका लागि ७८ रनको उत्कृष्ट साझेदारी गरेका थिए।
यस्तै, अन्त्यमा करण केसीले ६ बलमा १ चौका र २ छक्का प्रहार गदैृ २० रन बनाउँदा कुशल भुर्तेलले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ बनाए।
ओमानका बिलाल खानले ३ विकेट लिए भने अकिब इलियासले २ विकेट लिए।
त्यसअघि गुल्सन झाले २० बलमै अर्धशतक बनाएका थिए। उनले अर्धशतक बनाउने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे।
६० रनमै ४ विकेट गुमाएको नेपाल गुल्सनको अर्धशतकमा बलियो अवस्थामा पुगेको छ। ताज अवस्थामा नेपाल १६ ओभरको समाप्तिमा १२८–४ को अवस्थामा छ।
गुल्सनलाई २२ रन बनाएर कप्तान रोहितकुमार पौडेलले साथ दिइरहेका छन्। यी दुईले पाँचौं विकेटका लागि ६८ रनको साझेदारी गरेका छन्।
सन्दीप जोरा, कुशल भुर्तेल र कुशल मल्ललाई लगातार गुमाउँदा नेपाल दबाबमा परेको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए। उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै, सन्दीप जोराले १०, आसिफ सेख ६ रन बनाएर आउट हुँदा कुशल मल्ले ३ रन मात्र बनाउन सके।
नेपाललाई दबाबमा राख्ने क्रममा ओमानका अकिब इलियासले २ तथा विलाल खान र जिसन मक्सुदले समान १ विकेट लिए।