सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

कुशल भुर्तेल बने बेस्ट ब्याटर, गुल्सन उत्कृष्ट नेपाली खेलाडी

तीव्र गतिका नेपाली बलर गुल्सन झा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन्।

प्रतियोगिताभर ७९ रन र ५ विकेट लिएका गुल्सनले मोटरसाइकल पाए। ओपनर कुशल भुर्तेल भने उत्कृष्ट ब्याटर घोषित भए। घरेलु मैदानमा भएको प्रतियोगितामा कुशलले ५ खेलमा १ सय ८५ रन बनाएका थिए।

प्रतियोगिताका उत्कृष्ट खेलाडी भने ओमानका अलराउन्डर अकिब इलियास बनेका छन्। ओमानकै विलाल खान उत्कृष्ट बलर घोषित भए। विलालले ५ खेलमा ११ विकेट लिएका थिए। आइतबार भएको फाइनलमा सुपर ओभरमा नेपाल ओमानसँग पराजित भएको थियो।

नेपाल र ओमान दुवैले फाइनल जित्दै सन् २०२४ मा हुने आईसीसी टी२० विश्वकपमा स्थान बनाइसकेका छन्।

शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले हराउँदै टी–२० विश्वकपमा स्थान बनाएका थिए।

1.3Kशेयर