१०औं राष्ट्रिय खेलकुुदको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

28 Jul, 2025
Share:
117 Shares

प्रधानमन्त्री केपी ओलीले १०औं राष्ट्रिय खेलकुुद प्रतियोगिता आगामी मंसिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युुवा तथा खेलकुुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सबाल भएकाले राष्ट्रिय खेलकुुदको भव्य तयारी गर्न निर्देशन दिएका हुन्।

उनले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गरे। परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली र मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुुपर्नेमा पनि जोड दिएका थिए।

छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी थिए।