अस्ट्रेलियामा हुने टि-२० सिरिजका लागि नेपाली टिमको घोषणा, अनिल आउट, कुशल इन

4 Aug, 2025

नेपाल क्रिकेट संघ (क्यान)ले टप इन्ड टि–२० सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा गरेको छ। अस्ट्रेलियामा आयोजना हुने टि–२० सिरिजका लागि क्यानले सोमबार साँझ १६ सदस्यीय टिम घोषणा गरेको हो।

मुख्य प्रशिक्षक स्टुअर्ट लले अस्ट्रेलिया भ्रमणमा पनि अघिल्ला महिना भएको स्कटल्यान्ड भ्रमणमै रहेकै टिमलाई निरन्तरता दिएका छन्।

उनले स्कटल्यान्ड भ्रमणम नरहेका अलराउन्डर कुशल मल्ललाई टिममा स्थान दिएका छन्। स्कटल्यान्ड भ्रमणमा रहेका विकेटकिपर ब्याट्सम्यान अनिल साह र अलराउन्डर किरण ठगुन्नाले भने टिममा स्थान बनाउन सकेनन्।

यस्तै, फास्टबलिङ अलराउन्डर मोहम्मद अदिल आलमले पनि टिममा स्थान बनाउन सकेनन्। स्पट फिक्सिङको आरोपबाट छुटकारा पाउँदै राष्ट्रिय टिमको क्याम्पमा फर्किएका उनी टिम पर्ने धेरेको अपेक्षा थियो।

अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डर्विनमा हुने सिरिजमा नेपालले पहिलो खेल आयोजक नर्दन टेरोटोरी स्ट्राइकर्ससँग खेल्नेछ। यो खेल अगस्त १५मा हुनेछ।

यस्तै, नेपालले दोस्रो खेल अगस्त १५मा बंगालादेश ए, अगस्त १८ मा विगबास लिग टिम मेलबर्न स्टार्ससँग, अगस्त १९मा होबर्ट हुरेकेन्स र अगस्त २०मा मेलबर्न रेनिगेट्ससँग खेल्ने छ। यस्तै नेपालले लिगको अन्तिम खेल अगस्त २२मा पाकिस्तान साहिन्ससँग खेल्ने छ।

११ टिम सहभागी लिगका शीर्ष चार टिम सेमिफाइनलमा पुग्ने छन। जसमा शीर्ष टिमले चौथोसँग तथा दोस्रो र तेस्रो टिम खेल्ने छन्।

नेपालले यो प्रतियोगितामा आसन्न टि–२० विश्वकपको एसिया छनोटको तयारीका लागि खेल्न लागेको हो। नेपाली टिम पहिलो पटक अस्ट्रेलियामा खेल्न लागेको हो।

नेपाली टिम : रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, कशुल मल्ल, सोमपाल कामी, गुल्सन झा, अरिफ सेख, भीम सार्की, करण केसी, ललित राजवंशी, नन्दन यादव, लोकेश बम, रिजन ढकाल र रुपेश सिंह ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]