फिटनेस र फिजिकल टेस्ट गर्दै टप इन्ट कप खेल्ने नेपाली क्रिकेटर

7 Aug, 2025

नेपालमा पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरिएको छ।

अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियामा हुने टप इन्ड टी–२० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरिएको हो।

फिटनेस चेक गरिसकेपछि आफ्नो शरीरको कमजोरी थाहा पाएर त्यसलाई सुधार गर्दा खेलमा पनि सुधार हुने क्रिकेटर सोमपाल कामी बताउँछन्।

‘बलिङ धेरै गर्दा हाम्रो शरीर एकातर्फ धेरै झुक्छ, आज देख्न पाइयो मेरै शरीरको दाँयातर्फको भाग थोरै झुकेको जस्तो लाग्यो। यहाँ आएर क्युआर स्क्यान गरेपछि आफूले के–के व्ययामहरु गर्ने भन्ने पनि थाहा पाएँ,’ उनले भने, ‘आफ्नो शरीरको कमजोरी थाहा पाएपछि त्यसमा नै काम गर्न सजिलो हुन्छ ।’

उनले आफ्नो शरीरलाई पहिचान गर्नसके त्यसनुसार खेलको लागि तयार गर्ने सकिने बताए।

यस्तै स्पोर्ट फिजियो लोकेन्द्र कुँवरले फिजिकल टेस्ट जुनसुकै खेलका लागि पनि महत्वपूर्ण रहेको भन्दै त्यसको प्रभाव खेलमा पर्ने बताए।

नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो।

नेपाली टिम ः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित राजवंशी ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]