नेपाली क्रिकेट टिमकाे जर्सीलाई नासा सेक्युरिटिजको प्रायोजन, क्यानले वार्षिक २ करोड ३६ लाख पाउने

11 Aug, 2025

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुर्बहादुर चन्दले जर्सी सार्वजनिक गरेका हुन्।

नेपाली गार्मेन्टमा उत्पादित जर्सीलाई शेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले प्रायोजन गरेको छ। तीन वर्षका लागि प्रायोजन गरको नासले क्यानलाई वार्षिक २ करोड ३६ लाख रुपैयाँ बुझाउने छ।

नीलो रंगको जर्सीको कलर र बाउलाको बोर्डरमा सुन्तला कलर राखिएको छ। दुवैतर्फको काँधमा राष्ट्रिय झण्डा राखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने खेलमा अब यही जर्सी लगाउने छन्।

जर्सी सार्वजनिक कार्यक्रममा नेपाली क्रिकेट टोलीका खेलाडीहरू उपस्थित थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]