अस्ट्रेलिया पुग्यो नेपाली क्रिकेट टिम

13 Aug, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टिम अस्ट्रेलिया पुगेको छ।

अस्ट्रेलियामा आयोजना हुने टप इन्ड टि२० सिरिजका लागि नेपाली क्रिकेट टिम आज अस्ट्रेलियाको डार्विन पुगेको हो।

नेपाली टिमले आसन्न आईसिसी टि २० विश्वकपको छनोटको तयारीका लागि यो प्रतियोगिता खेल्न लागेको हो। प्रतियोगिता अगष्ट १४ देखि २४ सम्म हुने हुनेछ।

११ टिम सहभागी प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशको ए टिम पनि सहभागी हुने छन्। जहाँ नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।

नेपालले पहिलो खेल १५ अगस्टमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग खेल्नेछ भने १६ अगस्टमा बंगलादेश ‘ए’ सँग खेल्ने छ। यस्तै, नेपालले १८ अगस्टमा मेलबर्न स्टार्स, १९ अगस्टमा होबर्ट हुरिकेन्स, २० अगस्टमा मेलबर्न रेनिगेट्स र २२ अगस्टमा पाकिस्तान साहिन्ससँग खेल्ने छ।

लिग चरणका शीर्ष ४ टिम सेमिफाइनल पुग्नेछन्।

नेपाली टिम ः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुल्शन झा, आरिफ सेख, भीम सार्की, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, रुपेश सिंह, र शाहब आलम।