युरोपियन च्याम्पियन स्पेन ११ वर्षपछि फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ। फिफाको नयाँ अपटेड अनुसार स्पेन १ स्थान माथि उक्लँदै शीर्ष स्थानमा पुगेको हो।
स्पेन लामो समयपछि फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको हो। स्पेनको १८७५.३७ पोइन्ट छ। यसअघि स्पेन सन् २०१४मा शीर्ष स्थानमा थियो। त्यसपछि उसको प्रदर्शन निरन्तर खस्कँदो थियो।
वरियतामा एक स्थानमाथि उक्लिँदै फ्रान्स दोस्रो स्थानमा छ। यता, विश्वविजेता अर्जेन्टिना भने २ स्थान तल झर्दै तेस्रो स्थानमा आएको छ।
इंग्ल्यान्ड चौथो स्थानमा यथावत रहँदा एक स्थानमा माथि उक्लँदै पोर्चुगल पाँचौं स्थानमा छ। ब्राजिल एक स्थान झर्दै छैठौ स्थानमा आइपुग्दा नेदरल्यान्ड्स सातौं र बेल्जियम आठौं स्थानमा यथावत छन्। समान १ स्थान माथि उक्लिएका क्रोएसिया र इटाली नवौं र दशौं स्थानमा छन्।
फिफा वरियतामा यो पटक स्लोभाकिया सर्वाधिक १० स्थानमाथि उक्लाँदा उसले नै सर्वाधिक २५.३१ अंक जोडेको छ। सर्वाधिक स्थान गुमाउने टिम जिम्मबा रहेको छ। उसले ९ स्थान गुमाएको छ।
