बालेनले दिए विश्वकप खेल्न लागेको क्रिकेट टोलीलाई शुभकामना

8 Feb, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन शाहले आजदेखि आईसीसी टी– २० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् ।

बालेनले सामाजिक सञ्जालमा नेपालले पहिलोपटक सन् २०१४ मा खेलेको विश्वकपको स्मरण गराउँदै त्यसबेलाका क्रिकेटर ज्ञानेन्द्र मल्लको तारिफसहित टोलीलाई जितको शुभकामना दिएका हुन् ।

‘क्रिकेटको माध्यमबाट विश्वमाझ नेपाल र नेपालीलाई चिनाएको छ। क्रिकेटको आगामी लक्ष्य, कता जाने, कता लग्ने भन्ने कुराको जिम्मेवारी हामीले क्रिकेटकै पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई दिएका छौँ । उहाँकै अनुभव र भिजनअनुसार अब नेपालको क्रिकेट अगाडि बढ्नेछ । उहाँले मैदानमा देखाउनुभएको खेल अनुशासन र क्षमतालाई क्रिकेट र समग्र खेलकुद विकासमा सदुपयोग गरिनेछ’, बालेनले लेखेका छन्।

यसैगरी सिंगो देश नेपाली राष्ट्रिय क्रिकेट टोलीको साथमा रहेको समेत उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। आजदेखि नेपालले तेस्रो पटक विश्वकप खेल्दैछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]