टि-२० विश्वकपमा नेदरल्यान्ड्स विजयी

10 Feb, 2026

भारत र श्रीलंकामा जारी टि-२० विश्वकपमा नेदरल्यान्ड्सले पहिलो जित हात पारेको छ। पहिलो खेलमा पाकिस्तानसँग हार व्यहोरेको डच टोलीले दोस्रो खेलमा नामिबियालाई ७ हराएको हो। 

मंगलबारको जितपछि नेदरल्यान्ड्स समूह एको दोस्रो स्थानमा उक्लेको छ। 

दिल्लीमा भएको खेलमा नामिबियाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो। नामिबियाको लागि ओपनर जान फ्रिलिंकले ३०, जान निकोल लफ्टी इटनले ४२, जेरार्ड इरासमस १८ र जेजे स्मितले २२ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्। 

नेदरल्यान्ड्सका बास डि लिड र लोगन भान बीकले समान २ तथा आर्यन दत्त र फ्रेड क्लासनले समान १ विकेट लिए। 

१५७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १५७ रनको लक्ष्य १८औँ ओभरमा ३ विकेट क्षतिमा १५९ रन बनाउँदै पूरा ग¥यो। यो जितमा डच टोलीका ओपनर माइकल लेविटले २८, डि लिडले ७२, कलिन अकरम्यानले ३२ र स्कट एडवार्ड्सले १८ रनको योगदान गरे। 

नामिबियाका बर्नार्ड स्कोल्ट्ज, रुबेन ट्रम्पलम्यान र लफ्टी इटनले समान १ विकेट लिए पनि टोलीलाई जित दिलाउन असमर्थ रहे। 

खेलमा डि लिड प्लेयर अफ द म्याच भए। योसँगै दुई खेल खेलेको नेदरल्यान्ड्सको भारत र पाकिस्तानसरह समान २ अंक भएको छ। 

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]