इटालीविरुद्ध नेपालको खराब ब्याटिङ, नेपाल १२३ रनमै अलआउट

12 Feb, 2026
Share:
117 Shares

टि–२० विश्वकपको दोस्रो खेलमा इटालीविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ।

मुम्बईको वानखेडे मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाउँदा रोहित पौडेलले २३, आसिफ शेखले २०, करण केसी १८ र दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए।

नेपालका लागि आसिफ सेख र रोहितले दोस्रो विकेटका लागि ४० र चौथो विकेटका लागि दीपेन्द्र र आरिफले ४४ रनको साझेदारी गरेका थिए।

नेपाललाई सस्तैमा समेट्ने क्रममा इटालीका क्रिसन कलुगामागेले ३ र बेन मनेन्टीले दुई विकेट लिए ।