वानखेडेमा नेपाल स्तब्ध, इटालीसँग १० विकेटले पारजित

12 Feb, 2026
Share:
117 Shares

टि–२० विश्वकपमा नेपालले लागतार दोस्रो हार व्यवहोरोको छ। पहिलो खेलमा इंग्ल्यान्डसँग जितनजिक पुगेका नेपाल बुधबार वानखेडेमा पहिलो पटक विश्वकप खेलिरहेको इटालीसँग स्तब्ध भयो।

पहिलो इनिङमा खराब ब्याटिङ गरेको नेपाल १० विकेटले पराजित भयो। नेपालले दिएको १२४ रनको झिनो लक्ष्य इटालीले १२.४ ओभरमै भेट्टायो।

नेपालविरुद्ध ऐतिहासिक जित दिलाउने क्रममा इटालीका लागि मोस्का दाजुभाइ जस्टिन र एन्थोनी दुवैले अर्धशतक बनाए। एन्थोनीले ३२ बलमा ३ चौका ६ छक्का प्रहार गदैृ ६२ रन बनाए भने जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्का मद्दतमा ६० रन बनाए।

त्यसअघि वानखेडे मैदानमाटस हारेर पहिला ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाउँदा रोहित पौडेलले २३, आसिफ शेखले २०, करण केसी १८ र दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए।

नेपालका लागि आसिफ सेख र रोहितले दोस्रो विकेटका लागि ४० र चौथो विकेटका लागि दीपेन्द्र र आरिफले ४४ रनको साझेदारी गरेका थिए।

नेपाललाई सस्तैमा समेट्ने क्रममा इटालीका क्रिसन कलुगामागेले ३ र बेन मनेन्टीले दुई विकेट लिए ।