वेस्टइन्डिजविरुद्ध नेपालको ध्यान नतिजामा भन्दा प्रदर्शनमा केन्द्रित हुन्छ : प्रशिक्षक ल

14 Feb, 2026
Share:
117 Shares

भारत र श्रीलंकामा जारी टि–२० विश्वकमा नेपालले भोलि आफ्नो तेस्रो खेलमा दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजसँग खेल्दैछ। यो खेल मुम्बईको वानखेडे मैदानमा बिहान ११ः१५मा सुरु हुनेछ।

खेलअघि पत्रकारहरुसँगको कुराकानीमा नेपाली टिमका मुख्य प्रशिक्षक स्टुआर्ट लले वेस्टइन्डिजविरुद्ध आफूहरुको ध्यान नतिजामा भन्दा प्रदर्शनमा हुने बताए। उनले वेस्टइन्डिजविरुद्ध सक्दो राम्रो गर्नुपर्ने बताए।

इटालीविरुद्धको खेल निराशाजनक रहेको उल्लेख गर्दै उनले इंग्ल्यान्डविरुद्धको प्रदर्शनमा भने गर्व रहेको बताए।

‘इटालीविरुद्धको खेल वास्तवमै निराजशान रह्यो । इंग्ल्यान्डविरुद्ध पहिलो खेलमा जसरी खेलेका थियौं, त्यसको ठीक विपरितको खेल रह्यो । त्यस हारमा माफि दिन सकिन्न,’ उनले भने, ‘हामीले त्यस खेलपछि खेलाडीसँग कुराकानी गरेका छौं, वेस्ट इन्डिजको सामना गर्दा हाम्रो टिमबाट कुनै प्रकारको भुल स्विकार्य हुने छैन् । इंग्ल्यान्डविरुद्धको खेल अन्तिम बलसम्म फुगेको थियो, जसरी हामीले विश्व क्रिकेटको शत्तिविरुद्ध खेल्यौं, त्यसमा गर्व छ।’

प्रशिक्षक लले विश्वकप जस्तो ठूलो प्रतियोगितामा खेल्न धेरै दबाब हुने पनि बताउँदै आफूले खेलाडी र प्रशिक्षकमा रुपमा त्यसको अनुभव गरेको उल्लेख गरे।

‘मैले खेलाडी र प्रशिक्षक दुवै रूपमा विश्वकप खेलेको छु, त्यसैले यति ठूलो प्रतियोगिता खेल्दा कति दबाब हुन्छ, त्यो मलाई राम्रोसँग छ,’ उनले भने।

उनले नेपाली क्रिकेटलाई अझ अगाडि बढाउने हो भने घरेलु प्रतियोगिता अझ व्यवस्थित र सुदृढ हुनु पर्ने बताए। नेपाली क्रिकेटलाई प्रथम श्रेणीको क्रिकेट आवश्यक रहेको उल्लेख गरे।