च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिड र आर्सनलले सानदार जित निकालेका छन्। बुधबार राति भएको खेलमा रियल मड्रिडले नापोलीमाथि ४–२को जित निकाल्दा आर्सनलले लेन्समाथि ६–०को जित निकाल्यो।
सान्टियागो बर्नाबेउमा रियलको जितमा रोड्रिगो, जुड बेलिङहम, निको पाज र जोसेलुले गोल गरे। यता, नापोलीका जियोभानी सिमोनी र जाम्बो एन्गुइसाले गोल गरे।
खेलमा अग्रता नापोलीले नवौं मिनेटमा सिमोनीको गोलमा लियो। तर, त्यसको २ मिनेट पछि नै रोड्रिगोले रियलका लागि बराबरी गोल गरे। २२औं मिनेटमा बेलिङहमले टिमलाई अग्रता दिलाए।
४७औं मिनेठमा इन्गुइसाले नापोलीलाई पुनः बराबरीमा ल्याए। तर, ८४औं मिनेटमा पाज र इन्जुरी समयको चौथो मिनेटमा जोसेलुले गोल गरेपछि रियल ४–२ले विजयी भयो।
समूह सीबाट रियल यसअघि नै नकआउट पुगिसकेको छ भने नापोलीलाई नकआउट पुग्न अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ। नापोली ७ अंकसहित दोस्रो स्थानमा छ भने ५ अंकसहित ब्रागा तेस्रो स्थानमा छ।
यता, समूहको खेलमा आर्सनलाई सानदार जित दिलाउन ६ फरक खेलाडीले गोल गरे। उसका लागि काइ हाभट्र्ज, ग्याब्रियल जेसुस, बुकायो साका, ग्याब्रिअल मार्टिनेली, मार्टिन ओडेगार्ड र जोजिन्होले गोल गरे।
यो जितसँगै आर्सन समूह सीबाट नकआउटमा पुगेको छ। उसको ५ खेलमा १२ अकं छ। पिएसभी ८ अंकसहित दोस्रो स्थानमा रहँदा लेन्स ५ अंकसहित तेस्रो स्थानमा छ।