जय ट्रफी : ललितले ९ विकेट लिएपछि पुलिसले एपिएफलाई हरायो

24 Feb, 2026

जारी मल्टिडे क्रिकेट जय ट्रफीमा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ। ललित राजवंशीले दुवै इनिङमा कुल ९ विकेट लिएपछि पुलिसले अर्को विभागीय टिम एपिएफ क्लबलाई ९ विकेटले हरायो।

दोस्रो इनिङमा एपीएफले ११२ रनको अग्रता बनाएपछि पुलिसले ११३ रनको लक्ष्य तेस्रो सत्रमा एक विकेट मात्र गुमाएर पूरा गर्‍यो। कुशल भुर्तेलले ७१ र अमित श्रेष्ठ ३२ रनमा नटआउट रहे। एपीएफका लागि भुवन कार्कीले एक विकेट लिए।

त्यसअघि एपीएफले दोस्रो इनिङमा ९२ रनले पछाडि रहेको अवस्थाबाट अलआउट हुँदै २०४ रन बनाएर ११२ रनको अग्रता बनाएको थियो। एपीएफका लागि दीपक बोहराले सर्वाधिक ९४ रन बनाउँदा अमरसिंह राउटेलाले ३१, आसिफ शेखले २१ र इर्शाद अहमदले अविजित २० रन बनाए।

एपिएm पहिले ब्याटिङ गर्दै ६३.४ ओभर खेलेर १८५ रनमा अलआउट भएको थियो। सुमित महर्जनले ५५ रन बनाएका थिए। कप्तान रोहित पौडेलले ४५ रन बनाए भने दीपक बोहराले २८, युवराज खत्रीले १६, आसिफ शेखले १२, सन्दीप जोराले १० रन बनाए।

पुलिसका ललित राजवंशी र सागर ढकालले ४–४ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिए।

जवाफमा पुलिसले ६९।५ ओभरमा २७७ रन बनाएर इनिङ घोषणा गर्दै ९२ रनको अग्रता बनाएको थियो । पुलिसका लागि पहिलो इनिङमा शंकर रानाले अविजित शतक बनाएका थिए । उनी १०५ रनमा नटआउट रहे ।

पहिलो जित निकालेको पुलिसले फाइनल सम्भावना कायमै राखेको छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]