वर्षा प्रभावित खेलमा आर्मी र बागमतीले खेले बराबरी

24 Feb, 2026

जय ट्रफीअन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ। मंगलबार दोस्रो दिनको खेल वर्षाले प्रभावित भएपछि खेलको नतिजा आउन नसकेको हो।

बागमतीले दोस्रो इनिङमा ११७ रनको अग्रता बनाएपछि तेस्रो सत्रको अन्त्यतिर ११८ रनको लक्ष्य पछ्याउन आएको आर्मीले ५ ओभरमा ४ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा दिनको समाप्ति भयो।

आर्मीका ओपनर तृतराज दासले १६ तथा भीम सार्कीले ११ रन बनाए। बागमतीका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने बिपिन आचार्यले १ विकेट लिए।

त्यसअघि दोस्रो इनिङमा ९३ रनले पछाडि परेको अवस्थाबाट बागमती प्रदेशले ३ विकेट गुमाएर २१० रन बनाएपछि इनिङ समाप्तिको घोषणा गरेको थियो।

बागमतीका लागि आशुतोष घिरैयाले ७६ तथा रित गौतमले ५६ रन बनाए भने नटआउट इशान पान्डेले ४१ रन बनाए। बलिङमा आर्मीका बसिर अहमदले २ तथा पवन कार्कीले १ विकेट लिए।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले पहिलो इनिङमा आशुतोष घिरैया र इशान पाण्डेको अर्धशतकमा २५९–७ रन बनाएको अवस्थामा इनिङ घोषणा गरेको थियो ।

आशुतोषले ७७ तथा इशानले ६९, बिबेक मगरले ३१ तथा रित गौतम र शुभ कंसाकारले समान २० रन बनाए। आर्मीका शाहब आलमले ३ विकेट लिँदा नरेन साउदले २ विकेट लिए।

जवाफमा आर्मीले ६९.३ ओभरमा ३५२–७ को अवस्थामा इनिङ घोषणा गरेको थियो। भीम सार्कीले ७४ अनि नरेन साउदले ६६ रन बनाए भने कप्तान विनोद भण्डारीले ४० रन बनाए।

बागमतीका रिजन ढकाल र सन्दीप लामिछानेले समान २ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]