इंग्लिस प्रियिमर लिगमा प्रिमियर लिगको शीर्ष स्थानको आर्सनलले जिते निकालेको छ।
खेलको अन्त्यतिर गरेको गोल मद्दतमा आर्सनलले एभर्टनलाई २–० ले हरायो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। भिक्टोर ग्योकेरेसले ८९औं मिनेटमा गोल आर्सनललाई अग्रता दिलाए।
म्याक्स डोमनले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि आर्सनलले खेल २–०ले जित्यो। योसँगै उनी प्रियिमर लिगमा आर्सनलका लागि गोल गर्न कान्छा खेलाडी बनेका छन्। उनी १६ वर्ष ७३ दिनका भए।
शीर्ष स्थानको आर्सनल विजयी हुँदा दोस्रो स्थानको म्यान्चेस्टर सिटी भने रेलिगेसन जोनमा रहेको वेस्टहमसँग १–१को बराबरीमा रोकिएको हो।
सिटीका बर्नार्डो शिल्भाले ३१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर वेस्टहमका कोन्स्टानटिनोस माभरोपानोसले ३५औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि खेलमा थप गोल भएन।
सिटी बराबरीमा रोकिँदा आर्सनलले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ। ३१ खेलमा आर्सनलको ७० अंक छ भने ३० खेलमा सिटीको ६१ अंक छ।
यस्तै अर्को खेलमा चेल्सी न्युकासल युनाइटेडसँग १–० ले पराजित भयो। चेल्सी १४ वर्षपघि घरेलु मैदानमा पराजित भएको हो। न्युकासलका लागि एन्टोनी गोर्डनले १९औं मिनेटमा निर्णायक गोल गरे।
