एएफसी एसियन कप छनोटमा नेपालले थप तीन अंक प्राप्त गरेको छ। मलेसिया फुटबल संघले दुई खेलमा अयोग्य खेलाडी खेलाएको ठहर भएपछि नेपालले तीन अंक पाएको हो।
मलेसियाले २०२५ को मार्च २५ मा भएको नेपाल र जुन १० मा भियतनामबीचको दुवै खेल जिते पछि अयोग्य खेलाडी खेलाएपछि अंक गुमाएको छ।
अब नेपाल र भियतनामले समान ३–० ले मलेसियालाई हराएको मानिनेछ। ती खेलमा मलेसिया नेपाललाई २–० र भियतनामलाई ४–० ले विजयी भएको थियो।
एसियन फुटबल कन्फेडेरेसनको डिसिप्लिनरी तथा इथिक्स कमिटीले एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत नेपाल र भियतनामविरुद्धको खेलमा मलेसियाले अयोग्य खेलाडी खेलाएको ठहर गरेको हो।
मलेसियाले एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडको आर्टिकल ५६ उल्लंघन गरेको डिसिप्लिनरी तथा इथिक्स कमिटीको ठहर छ। इथिक्स कमिटीले मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवानासमेत गरेको छ।
यो नतिजा पछि मलेसिया शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेको छ। यसअघि १५ अंक रहेको मलेसियाको ९ अंक भएको छ। मलेसियासँगको तीन अंक पाएपछि भियातनाम १५ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। नेपालको पनि ५ खेलमा ३ तीन अंक भएका छ। नेपाल तालिकाको पुछारमै छ।
