बालगोपाल साहुखल र चेतन घिमिरे नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको सहायक प्रशिक्षक बनेका छन्।
अखिल नेपाल फुटबल संघले साहुखल र घिमिरेले चैत १२ गते हङकङविरुद्धको मैत्रीपूर्ण खेलका लागि सहायक प्रशिक्षक नियुक्त गरेको हो। आगामी फिफा विन्डोमा हुने यो खेल त्रिपुरेश्वरस्थित दशरथग रंगशालामा हुनेछ।
एन्फा महासचिव किरण राईले उनीहरुलाई आजै नियुक्त पत्र दिएको छ। दुवैले नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनालाई सघाउने छन्।
जारी राष्ट्रिय लिगमा साहुखलले सातदोबाटो युथ क्लब र घिमिरेल नेपाल पुलिस क्लबको मुख्य प्रशिक्षक छन्।
एन्फाले मदनलाल श्रेष्ठ व्यवस्थापक, राजिवकुमार यादवलाई सहायक व्यवस्थापक र पंकज शाही परफरमेन्स एनालिस्ट नियुक्त गरेको छ।
हङकङसँगको खेलका लागि मुख्य प्रशिक्षक एरेनाले ४९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। यही खेलमा मार्फत उनले नेपाली टिमको औपचारिक यात्रा थालनी गर्ने छन्।
