पिएम कप : सन्दीपले ७ विकेट लिँदा कर्णालीमाथि बागमतीकाे जित

1 Apr, 2026

जारी प्रधानमन्त्री कप एकिदवसीय राष्ट्रिय क्रिकेटमा बागमती प्रदेश विजयी भएकाे छ।

बुधबार जनकपुरमा भएकाे खेलमा सन्दीप लामिछानेले घातक बलिङ गर्दै ७ विकेट लिएपछि बागमतीले कर्णालीमाथि ६० रनको जित निकाल्याे।

बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णाली सन्दीपकाे घातक बलिङपछि २५.१ ओभरमा १२० रनमै अलआउट भयो।

उसका लागि निश्चल रावलले सर्वाधिक ३१ रन बनाउँदा दिनेश अधिकारीले २२ तथा बिपिन शाहीले १५, सुनिल धमलाले १४ रन बनाए।

सन्दीपले ९.१ ओभरमा ४० रन दिएर ७ विकेट लिए। पीएम कप इतिहासमा यो चौथो उत्कृष्ट बलिङ हो। यसअघि नेपाल पुलिसका दीपेन्द्र सिंह ऐरी, मधेशका कुमार थापा र कर्णालीका दीपेन्द्र रावतले पनि ७ विकेट लिएर शीर्ष ३ मा छन्। यस्तै रिजन ढकाल, प्रतिश जीसी र सुवास खत्रीले पनि समान १ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ३८.४ ओभरमा अलआउट हुँदै १८० रन बनाएको थियो। उसका बिबेक मगरले ५६ रन बनाए भने इशान पान्डेले २७, पवन थापाले २२, शुभ कंसाकारले २० अनि शिवम तिवारीले १८ रन बनाए।

कर्णालीका लागि कप्तान दिवानले ८ ओभरमा २८ रन दिएर ३ विकेट लिए । प्रकाश जैशी, दिपेन्द्र रावत र निश्चल रावलले २-२ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]