त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटकाे शीर्ष स्थानमा उक्लिएकाे छ।
बिहीबार जनकपुरमा भएको खेलमा मधेश प्रदेशलाई ६ विकेटले हराउँदै आर्मीले मधेशलाई शीर्ष स्थानमा उक्लिएकाे हो।
मधेशले दिएको १८५ रनको लक्ष्य आर्मीले २९.२ ओभरमा ४ विकेटको क्षतिमा पूरुा गर्यो । तृतराज दासले ७२ बलमा ७ चौका र ३ छक्कासहित ६९ रन बनाए । बसिर अहमदल ४१ रनमा अविजित रहे भने कप्तान विनोद भण्डारीले ३२ रन बनाए।
मधेशका लागि मोहम्मद आदिल आलमले २ विकेट लिए भने पवन सर्राफ र विशाल सुस्लिङले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले ४८.३ ओभरमा अलआउट हुँदै १८४ रन बनाएको थियो। विशाल सुस्लिङले ७३ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए । कप्तान अनिल साहले ४२ तथा पवन सर्राफले २२ रन बनाए।
आर्मीका लागि बसिर अहमदले ३ विकेट लिए भने नरेन साउद र शाहब आलमले २-२ विकेट लिए।
प्रतियोगितामा एकमात्र अपराजित टिम आर्मी ५ खेलमा ४ जितसहित ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। मधेशले भने पहिलो हार बेहोरेको हो । मधेश ५ खेलमा ७ अंकसहित तेस्रो स्थानमा झरेको छ ।
