ओडिआई स्टाटस जोगाउन महत्वपूर्ण लिग-२ का दुई घरेलु सिरिजको तालिका सार्वजनिक

7 Apr, 2026

काठमाडौं, चैत २४ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको नेपालले खेल्ने दुई घरेलु त्रिकोणात्मक सिरिजका तालिका सर्वाजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार नेपाल, ओमान र युएई तथा नेपाल, अमेरिका र स्कटल्यान्डबीचको सिरिजको तालिका सर्वाजनिक गरेको हो।

मध्यपूर्व तावनाका कारण स्थगित भएको नेपाल, ओमान र युएईबीचको सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने छ। जसमा नेपालले युएईसँग अप्रिल २५ र मे १ मा खेल्ने छ भने ओमानसँग अप्रिल २९ र मे ५ मा खेल्ने छ।

यस्तै नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज मे १२ देखि २२ सम्म चल्नेछ। यसमा नेपालले स्कटल्यान्डसँग मे १२ र १८मा खेल्ने छ भने अमेरिकासँग मे १६ र २२ मा खेल्नेछ।

८ टोली सम्मिलित लिग २ मा हाल नेपालले २० खेलमा १२ अंक जोड्दै सातौं स्थानमा छ। त्यसैले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाउन नेपालका लागि दुई सिरिज निकै महत्वपूर्ण छ।

अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २६ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ। ओमानको २२ खेलमा २७ अंक छ भने यूएईको १० अंकसहित पुछारमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]