गोपालगञ्जको एक सानो गाउँबाट आएका २१ वर्षीय साकिब हुसैनले आईपिएल डेब्यू मैचमै कमाल गरे। उनले ४ ओभरमा मात्र २४ रन खर्चेर ४ विकेट चट्काए। उनको शिकारमा यशस्वी जायसवाल, डोनोवन फरेरा, जोफ्रा आर्चर र रवि बिश्नोई परे।
सनराइजर्स हैदराबादले साकिबलाई मात्र ३० लाख रुपैयाँमा किनेको थियो। तर उनी यो सफलताको सपना देखेर आएका थिएनन्। उनी त आर्मीमा भर्ती हुन चाहन्थे।
फाटेका जुत्ताबाट सुरु भएको यात्रा
साकिब सदर प्रखण्डको दरगाह मोहल्लामा बस्छन्। उनका बाबु अली अहमद हुसैन मजदुर हुन्। घरको आर्थिक अवस्था निकै कमजोर थियो। बलिङ गर्न उनीसँग राम्रा जुत्ता पनि थिएनन्। फाटेका जुत्तामै उनी मैदानमा दौडिन्थे।
एकदिन उनको आमाले आफ्ना गहना गिरवी राखेर उनलाई नयाँ जुत्ता किनिदिएकी थिइन्। त्यही जुत्ताले साकिबको जीवन बदलिदियो।

‘मलाई क्रिकेट खेल्न मन थिएन। म आर्मीमा जान चाहन्थेँ,’ साकिब भन्छन्, ‘तर मिंज स्टेडियममा दौडिन जाँदा क्रिकेट खेल्नेहरू देखेपछि मेरो मन बदलियो।’
सुरुका दिनमा साकिब टेनिस बलले स्थानीय स्तरमा खेल्थे। एउटा म्याच जितेमा ५ सय देखि ७ सय रुपैयाँसम्म पाउँथे। त्यही पैसाले घर चलाउन मद्दत गर्थ्यो। जसप्रीत बुमराह र महेन्द्र सिंह धोनीलाई उनी आफ्नो आइडल मान्छन्।
चण्डीगढबाट टर्निङ प्वाइन्ट
इन्टर पास गरेपछि साकिबले क्रिकेटमा पूर्ण रूपमा लाग्ने निर्णय गरे। चण्डीगढ गएर यू–१९ खेल्दा उनी हाईएस्ट विकेट टेकर बने सकिब। त्यही उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो। त्यसपछि उनले पछाडि फर्कन परेन, नेशनल क्रिकेट एकेडेमी बेंगलुरु पुगे, मुस्ताक अली ट्रफी खेले र चेन्नई सुपर किंग्सको नेट बलर बने।
अघिल्लो सिजन कोलकता नाइट राइडर्सको टिममा पनि रहे। तर, डेब्यू भने गर्न पाएनन्।

चेन्नईमा रहँदा महेन्द्र सिंह धोनीसँग भेट भएको थियो। धोनीले उनलाई भनेका थिए— ‘तिमीमा राम्रो ट्यालेन्ट छ। यस्तै मेहनत गर, बाँकी भाग्यमा छ।’
सानदार डेब्यू
सोमबार राति आईपिएलमा डेब्यू गर्दै साकिबले ४ विकेट लिए। उनले विकेटको सुरुआत यशस्वी जायसवालबाट गरे। त्यसपछि दोस्रो डोनोवन फरेरालाई क्लीन बोल्ड र १७औं ओभरमा जोफ्रा आर्चर र रवि बिश्नोईको विकेट लिए। उनको स्लोअर बलको सबैले तारिफ गरे। उनलाई बंगलादेशका मुस्ताफिजुर रहमानसँग पनि कमेन्टेरहरुले तुलना गरे।
‘हरेक खेलाडी आफ्नो डेब्यू यस्तै सपना देख्छ। म निकै खुसी छु। गेंदबाजी कोच वरुण एरोनले एक दिनअघि मात्र मलाई खेल्ने जानकारी दिएका थिए। त्यसपछि म पूरै मानसिक रूपमा तयार भएँ,’ उनले भने। -एजेन्सीहरूकाे सहयाेगमा
