एनएसएलमा आज दुई खेल, झापा र पोखरा तथा ललितपुर र धनगढी भीड्दै

2 Dec, 2023

नेपाल सुपर लिग (एनएसएल)मा आज दुई खेल हुँदैछ।

पहिलो खेलमा दिउँसो १ बजे झापा एफसी र पोखरा थन्डर्स भिड्दैछन्। यो पोखराको तेस्रो र झापाको दोस्रो खेल हो। पोखराले २ खेलमा एक जित र एक बरारबी खेलेको छ भने झापा जित बिहीन छ।

पोखराले पहिलो खेलमा एफसी चितवनलाई १–०ले हराएको छ भने दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो। झापा भने पहिलो खेलमा स्पोर्टिङ इलामसँग पराजित भएको थियो।

यस्तै साँझ साढे ५ बजे हुने खेलमा धनगढी एफसीले ललितपुर सिटी एफसीको सामना गर्नेछ। धनगढीले यसअघिका दुवै खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ।

एक जित र एक बराबरी खेलेको ललितपुर ४ अंकसहित दोस्रो स्थानमा छ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता रहेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]