अपराजित आर्मीले उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने, जय ट्रफी खेल्ने टिमको लाग्यो टुंगो

16 Apr, 2026

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणका खेल सकिएका छन्। सहभागी दश टोलीले सबै टोलीसँग एकअर्काविरूद्ध नौ नौ खेल खेलेसँगै प्रतियोगिताको लिग चरणका खेल सकिएका छन्।

लिग चरणमा ४४ खेल हुँदा त्रिभुवन आर्मी क्लब एक्लो अपराजित रह्यो। आर्मीको एक खेल वर्षाले रद्द हुँदा आठ खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहदै फाइनल पुग्यो।

अब आर्मीले उपाधिका लागि लिगको दोस्रो स्थानमा रहेको सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ। सुदुरपश्चिम प्रदेश १२ अंकका साथ दोस्रो स्थानमा रह्यो।

समान ११ अंक जोठेका एपिएफ क्लब र मधेश प्रदेश तेस्रो र चौथो स्थानमा रहे भने लुम्बिनी प्रदेश नौ अंक जोडेर पाँचौ र नेपाल पुलिस क्लब पनि समान अंक जोडेर रनरेटमा पछि रहदै छैटौं भयो।

आगामी संस्करणको जय ट्रफी बहुदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मीसहित शीर्ष ६ मा रहेका सुदुरपश्चिम, एपिएफ, मधेश, लुम्बिनी र पुलिसले प्रतिस्पर्धा गर्नेछन्।

रनरेटमा पछि परेको गण्डकी प्रदेश ९ अंक जोडेर सातौं स्थानमा रह्यो। अघिल्लो दुई संस्करण जय ट्रफी खेलेको बागमती आठ अंक जोडेर आठौं स्थानमा सीमित बन्यो। कर्णाली प्रदेशले ३ अंक जोडेर नवौं स्थानमा रह्यो भने कोशीले एक खेल वर्षाले रद्द हुँदा एक अंक जोड्दा कुनै पनि खेल जित्न सकेन।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]