टि-२० टिमबाट ड्रप भए करण र सोमपाल

17 Apr, 2026

नेपालका दुई भेट्रान फास्ट बलर सोमपाल कामी र करण केसी टि–२० टिमबाट ड्रप भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले युएईविरुद्धको आसन्न सिरिजका लागि सोमपाल र करणलाई बाहिर राख्दै टिम घोषणा गरेको छ।

करण र सोमपाल लामो सयमदेखि नेपाली टिमका मुख्य बलरका रुपमा थिए। उनीहरूको डेब्यू यता दुवै नेपाली टिममा नपरेको यो सम्भवतः पहिलो पटक हो।

हातमा लागेको चोटका कारण सोमपालले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट खेलेका थिएनन् भने करणले भने पिएम कप खेलेका थिए। तर, अम्पायरको डिसिजनलाई लिएर समाजिक सञ्जालमा गरेको कमन्टेपछि क्यानले उनलाई १ खेलको प्रतिबद्ध लगाएको थियो। सो प्रतिबन्ध भने सकिसकेको छ।

सन २०१४मा हङकङविरुद्ध खेल्दै नेपाली टि–२० टिममा डेब्यू गरेका सोमपालले त्यसयता नेपालका लागि ८८ खेल खेदै ८३ विकेट लिनुका साथै ३९१ रन बनाएका छन्।

यता, करणले भने टि–२० अन्तर्राष्ट्रियमा सन् २०१५मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै गरेका थिए। यसबीचमा उनले ८८ खेलमा १०६ विकेट र ४८८ रन बनाएका छन्।

क्यानले युएईविरुद्धको २ खेलको टि–२० सिरिजका लागि नियमित कप्तान रोहित पौडेललाई पनि ड्रप गरेको छ। उसले सिरिजका लागि दीपेन्द्रसिंह ऐरीलाई कप्तान बनाएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]