नेपाल सुपर लिगमा झापा एफसी लगातार दोस्रो हारबाट जोगिएको छ। शनिबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा इन्जुरी समयको पनि अन्तिम क्षणमा गोल गरेपछि झापाले पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी खेलेको हो।
खेलमा १९ औं मिनेटमा मोसेस ग्याबहको गोलमा पोखराले सुरुआती अग्रता लियो। एक गोलले पछि परेपछि झापाले पोखरामाथि दबाब बनाएको थियो। तर, उ पटक–पटक फिनिसिङमा चुकेको थियो।
५८औं मिनेटमा झापाका कप्तान अञ्जन विष्ट घाइते भएपछि खेल केहीवेर रोकिएको थियो। हेडिङ गर्ने क्रममा अन्जनको ठाउको पोखराका डिफेन्डर पदम भट्टराईसँग ठोकिन पुगेको थियो। त्यसपछि अर्धचेत भएका अञ्जनलाई अस्पताल लैजान मैदानम एम्बुलेन्स लाइएको थियो। केहीबेर पनि अञ्जन आफैं उठेर मैदान बाहिर गएका थियो। त्यसको केही समयपछि उनी मैदान फर्किए, तर लामो सयम मैदान बिताउन सकेनन्। समस्यामा देखिएका उनलाई केही समयमै मैदान बाहिर निकालिएको थियो।
जिततर्फ अग्रता पोखरा निर्धारित समयको खेल सकिँनै लाग्दा १० खेलाडीमा समेटियो। ८९औंमा कमल थापा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाहिर जान बाध्य भए। त्यसपछि भने झापाले खेलमा थप दबाब बनाएको थियो। उसले इन्जुर समयको आठौं मिनेटमा खेललाई बराबरीमा ल्यायो। उसका ओचिलोभले गोल गरेका थिए।
खेलको अन्तिम समयमा पोखराका प्रशिक्षक नविन न्यौपानेले पनि रातो कार्ड पाए।
शनिबारको खेल बराबरीपछि झापाले एनएसएलमा एक अंक जोडेको छ। पहिलो खेल जितेको पोखराले भने ४ अंक बनाएको छ।