विनोदको ब्याटले पायो ‘रियार्ड’

17 Apr, 2026

नेपाल प्रिमियर लिग र पिएम कपको उत्कृष्ट प्रदर्शनपछि ओपनर विनोद भण्डारीको नेपाली राष्ट्रिय टिममा पुनरागमन गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले विनोदलाई आसन्न आईसिसी विश्वकप लिग–२का दुई त्रिकोणात्मक सिरिजका लागि टिममा राखेको हो। क्यानले आजै दुई सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

विनोदले एकदिवसीय टिममा ४ वर्ष र समग्रमा २ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्। उनले नेपालका लागि सन् २०२४ मा टि–२० र सन् २०२२ मा एकदिवसीय खेल खेलेका छन्।

टिममा नपरेपनि विनोदले घरेलु क्रिकेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। ३६ वर्षीय विनोदले यसै वर्ष भएको एनपिएलमा २ अर्धशतकसहित सुदूरुपश्चिम रोयल्सका लागि २६४ रन बनाएका थिए।

टि–२० विश्वकपको ठीक अघिको यो प्रदर्शनपछि पनि उनी टिममा नपर्दा धेरैले क्यानको आलोचना गरेका थिए।

यता, जारी पिएम कपम एकदिवसीय क्रिकेटमा पनि उनले सोही प्रदर्शनलाई निरन्तरता दिएका छन्। प्रतियोतिगामा उनले लागतार २ शतक र ४अर्धशतकसहित कुल ४०४ रन बनाएका छन्। सोही प्रदर्शनपछि उनी लिग–२को टिममा परेका हुन्।

क्यानले घोषणा गरेको टिममा रोहित र विनोदसँगै कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आरिफ सेख, बासिर अहमद, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव, अर्जुन कुमाल र ललित राजवंशी छन्।

पिएम कपका सर्वाधिक रन स्कोरर अर्जुन पहिलो पटक नेपाली टिममा पर्दा बासिर अहमदले एकदिवसीय टिममा पुनरागमन गरेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]