तिलक वर्माकाे शतकमा मुम्बईले ताेड्याे लगातार हारकाे श्रृंखला, गुजरातमाथि ९९ रनकाे सानदा जित

21 Apr, 2026

तिलक वर्मा र अश्वनी कुमारको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दोस्रो जित निकालेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा मुम्बईले गुजरात टाइटन्सलाई ९९ रनले हरायो । मुम्बईले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरात १५.५ ओभरमा १०० रनमा अलआउट भयो ।

वासिङ्टन सुन्दरले सर्वाधिक २६ रन बनाए । शाहरुख खानले १७ तथा कप्तान शुभमन गिलले १४ अनि कगिसो रबाडाले १२ रन बनाए ।

मुम्बईका लागि अश्वनी कुमारले ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । मिचेल सान्टनर र अलाह गजनफरले २-२ विकेट लिए भने जसप्रित बुमराह र कप्तान हार्दिक पान्ड्याले १-१ विकेट लिए ।

खेलको सुरुवाती ओभरमा नै जसप्रित बुमराहले विकेट लिएपछि मुम्बई खेलमा हावी भएको थियो । दोस्रो ओभरमा हार्दिकले विकेट लिए । त्यसपछि गुजरातले कुनै समय पनि लक्ष्यतर्फ फर्कने मौका पाएन ।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनायो । मुम्बईका लागि तिलक वर्माले अविजित १०१ रनको शानदार शतक प्रहार गरे, जुन उनको आईपीएल करियरकै पहिलो शतक हो । उनले ४५ बलमा आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो स्कोरसम्म पुर्‍याए ।

नमन धिरले ३२ बलमा ४५ रन जोड्दै महत्वपूर्ण साथ दिए । गुजरातका लागि कगिसो रबाडाले ३ विकेट लिए।

जितसँगै मुम्बईले लगातार चार हारको शृंखला तोड्दै ६ खेलमा ४ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। गुजरात ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]