लिग २ मा स्कटल्यान्डसँग खेल्दै नेपाल

12 May, 2026

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको ओडीआई शृंङ्खला आजदेखि सुरु हुँदै छ ।

शृङ्खलाको पहिलो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ । नेपाल र स्कटल्यान्डबीचको खेल विहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

लिग २ को अंकतालिकामा अमेरिका र स्कटल्यान्ड शीर्ष २ मा भएका टोलीहरू हुन् । अमेरिकाले २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा ३४ अंकका साथ दोस्रोमा छ ।

नेपालले भने २४ खेलमा १८ अंक मात्र जोडेर सातौं स्थानमा छ ।

स्कटल्यान्डसँग नेपालले हालसम्म ५ ओडीआई खेल जित्दा ४ खेलमा पराजित भएको छ । घरेलु मैदानमा भएका दुवै खेल नेपालले जितेको छ ।

यो शृङ्खला सुरु हुनुअघि स्कटल्यान्ड र अमेरिका नेपाल ए सँग दुई(दुई पटक पराजित भएका छन् । उक्त नतिजाले सिनियर टोलीलाई पनि जित निकाल्ने मनोबल बढ्नेछ भने चुनौती पनि रहनेछ ।

नेपाली क्रिकेट टोलीले गत साता घरेलु मैदानमा लिग २ को एउटा शृंङ्खला खेलेको थियो । ओमान र यूएईसँगको उक्त शृङ्खलामा ४ मध्ये ३ खेल नेपालले जितेको थियो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]