इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीको सानदार ब्याटिङ मद्दतमा नेपालले एकदिवसीय क्रिकेटमा आफ्नो सर्वाधिक ठूलो स्कोर बनाएको छ। आईसिसी विश्वकप लिग २ अन्तर्गत टियू मैदानमा जारी अमेरिकाविरुद्ध नेपालले ८ विकेटको क्षतिमा ३१७ रन बनाएको हो।
एकदिवसीयमा नेपालको यो उच्च स्कोर हो। यसअघि नेपालको उच्च स्कोर ओमानविरुद्ध ३१० रन थियो।
अमेरिकालाई ठूलो लक्ष्य दिने क्रममा नेपालका लागि इशान पाण्डेले उत्कृष्ट पारी खेले। उनले ८१ बलाम ८ चौका र १ छक्का प्रहार गर्दै ८४ रन बनाए। उनको यो लागतार दोस्रो अर्धशतक हो।
उनले तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेलसँग शतकीय साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा लगेका थि। जसमा रोहति ५९ बलमा ४६ रन बनाएर आउट भए।
यस्तै, इनफर्म दीपेन्द्रले विस्फोटक पारी खेल्दै अर्धशतक बनाए। उनले ३६ बलमा समान ४ चौका छक्का प्रहार गर्दै ५९ रन बनाए। त्यसअघि ओनपर आसिफ सेखले ४३ र कुशल भुर्तेलले २९ रन बनाएका थिए।
बलिङमा अमेरिकाका शुभम रञ्जानेले ३ तथा मिलिन्द कुमार र रुसिल उगरकरले समान १ विकेट लिए।
