नेपाली महिला क्रिकेट टिम एसियन गेम्समा छनोट हुन असफल, चीनसँग पराजित

31 May, 2026

नेपाली महिला क्रिकेट टिम एसियन गेम्सका लागि छनोट हुन असफल भएको छ।

तेस्रो स्थानका लागि भएको खेलमा चीनसँग ३ रनको नमीठो हार व्यहोरेपछि नेपाल एसियन गेम्समा पुग्न असफल भएको हो। यसअघि शनिबार भएको सेमिफाइनलमा मलेसियासँग २ विकेटले पराजित भएपछि नेपाल सिधै एसियन गेम्समा पुग्न असफल भएको थियो।

आइतबार भएको खेल वर्षाले प्रभावित बनेको थियो। ७ ओभरमा पाएको ४३ रनको लक्ष्य चीनले अन्तिम बलमा चौका हान्दै भेट्टाएको थियो।

पहिलो ओभरमै चीनले १६ रन जोडेको थियो। मनिषा उपाध्यक्षको सोही ओभरमा नेपालका लागि घातक बन्यो।

तेस्रो ओभरमा रिया शर्माले दुई विकेट र रनआउटमा थप एक विकेट आउँदा नेपालले पुनरागमन गरेको थियो। त्यसपछिका ३ ओभरमा १२ रन मात्र दिँदै नेपालले चीनमाथि दबाब बनाएको थियो। तर, अन्तिम ओभरमा ७ रन डिफेन्ड गर्न सकेन।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ ओभरमा घटाइएको खेलमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो। कविता कुँवरले अविजित २२ रन बनाउँदा कप्तान इन्दु बर्माले ११ रन बनाइन्।

नेपाललाई हराएको चीन पनि एसियन गेम्समा छनोट भएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]