लुम्बिनी लायन्सको एजुकेसन कन्सलटेन्सी पार्टनरमा द नेक्स्टको निरन्तरता

10 Aug, 2026
Share:
117 Shares

नेपाल प्रिमियर लिग ९एनपिएल० को च्याम्पियन टोली लुम्बिनी लायन्सले एजुकेसन कन्सलटेन्सी पार्टनरमा द नेक्स्ट कन्सलटेन्सीस“गको सहकार्यलाई निरन्तरता दिएको छ । एनपीएलको तेस्रो सिजनमा द नेक्स्टको लोगो लुम्बिनी लायन्सको जर्सीमा अंकित हुनेछ।

लुम्बिनी लायन्स र एजुकेसन द नेक्स्ट बीच दोस्रो सिजन देखि सम्झौता भएको थियो, जुन अन्त्यमा विजयी साझेदारी बनेको थियो । गत वर्ष लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै एनपिएल च्याम्पियन बनेको थियो।

तेस्रो सिजनका लागि सोमबार लुम्बिनी लायन्स र द नेक्स्ट कन्सलटेन्सी बीच सम्झौता भएको छ । लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र द नेक्स्ट कन्सलटेन्सी प्रमुख कार्यकारी अधिकृत सालिकराम भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

लायन्सका प्रमुख कार्यकारी अधिकृत कटवालले ‘विजयी साझेदारी’ का लागि दुबै पक्षले निरन्तरता दिन सम्झौता भएको जनाए।

‘लुम्बिनी लायन्सले गत वर्षको अविस्मरणीय यात्रामा धेरै पक्षलाई यस वर्ष पनि निरन्तरता दिएको छ, त्यसमा एक द नेक्स्ट कन्सलटेन्सी पनि हो, राम्रो कार्यलाई निरन्तरता गराउनु हाम्रो जिम्मेवारी पनि हो, गत सिजनबाट सुरु भएको हाम्रो विजयी साझेदारीले यस वर्ष पनि निरन्तरता पाउने अपेक्षा हामीले राखेका छौं,’ सम्झौतापछि कटवालले भने।

विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विधार्थीका लागि द नेक्स्ट कन्सलटेन्सीले विगत २२ वर्ष देखि यथार्थ परामर्श दिदैं आएको छ।

लुम्बिनी लायन्सका मार्की खेलाडी एवंम कप्तान रोहित पौडेल द नेक्स्ट कन्सलटेन्सीका ब्रान्ड एम्बासडर पनि हुन् । रोहितसहित सन्दीप जोरा, शेर मल्ल, दीलिप नाथ, तिलकराज भण्डारी, दीनेश अधिकारी र अभिषेक गौतमलाई लुम्बिनीले तेस्रो सिजनका लागि ‘रिटेन’ गरेको थियो भने अक्सनबाट आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव र अजय चौहानलाई लिएको थियो।

लुम्बिनी लायन्सको गत सिजनको विजयी यात्रामा प्लेयर अफ द सिरिजमा चुनिएका नामिबियाका फास्ट बलर रुबेन ट्रम्पलमनले यस सिजन पनि च्याम्पियन टोलीबाट खेल्न सम्झौता गरिसकेका छन्।