५ खेलको टि-२० सिरिजको चौथो खेलमा वेस्टइन्जिड विजयी भएको छ। बुधबार हैदरावादमा भएको खेलमा कप्तान सेइ होप र किमो पाउल चम्किएपछि वेस्टइन्डिजले भारतलाई २४ रनले हरायो।
२४८ रनको विशाल लक्ष्य पछ्याएको भारत ३ बल बाँकी छँदै २२३ रनमा अलआउट भयो। भारतका लागि सञ्जु सामसनले २३ बलमा ५६ रन बनाउँदा तिलक बर्माले ४३ र नितिशकुमार रेड्डीले ४१ रन बनाए।
भारतलाई रोक्ने क्रममा वेस्टइन्डिजका किमो पाउलले ५ विकेट लिए। उनले ४ ओभरमा ४१ रन खर्चिए। यस्तै गुडाकेश मोतीले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजल होपको शतक मद्दतमा ३ विकेटको क्षतिमा२४७ रन बनायो। जसमा होपले ५० बलमा १०२ रन बनाउँदा रोमारियो सेफर्डले ४९ र सिमरन हेटमायरले ३३ रन बनाए।
बलिङमा भारतमा अर्शदीप सिंह, प्रिन्स यादव र अक्षर पटेलले समान १ विकेट लिए।
योसँगै सिरिज २-२को बराबरीमा आएको छ। अब बैंग्लुरुमा हुने खेल निर्णायक हुनेछ।
