अल्फाजो सिसेले ह्याट्रिक गरेपछि युरोपा लिगमा इटालियन क्लब एसी मिलानले शानदार जित निकालेको छ।
रेड बुल एरिना साल्जबर्गमा भएको खेलमा एिसी मिलानले अस्ट्रियन क्लब साल्जबर्गमाथि ४–० गोलअन्तरको फराकिलो जित निकालेको हो।
एसी मिलानको जितमा अल्फाजोले ह्याट्रिक गर्दा गोन्सालो रामोसले पनि गोल गरे। १५औँ मिनेटमा अल्फाजोले गोल गर्दै एसी मिलानलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको ३२औँ मिनेटमा अल्फाजोले व्यक्तिगत दोस्रो गोल गर्दै एसी मिलानको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २–० को अग्रता लिएको मिलानले दोस्रो हाफमा पनि दुई गोल गरेको थियो। ४९औँ मिनेटमा अल्फाजोले गोल गर्दै ह्याट्रिक पूरा गरे, र टिमलाई ३–० को अग्रता दिलाए। ७२औँ मिनेटमा गोन्सालो रामोसले गोल गर्दै एसी मिलानलाई ४–०को सानदार जित दिलाए।
८३औँ मिनेटमा फिलिप्पो टेरासियानो रातो कार्ड पाएपछि एसी मिलान १० खेलाडीमा सीमित भएको थियो।
