सामग्रीमा जानुहोस्
शनिबार, असोज ३१, २०८३

२०औं एसियन गेम्स : महिला भलिबलमा नेपाल १२औं

२०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ ।

जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो ।

मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो ।

५ खेलमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । समूह चरणमा जापान र इन्डोनेसियासँग पराजित भएको नेपालले ९ देखि १४औं स्थानका लागि भएको खेलमा कजाखस्तानलाई पराजित गरेको थियो ।

सेयर गर्नुहोस्

1.3KShares