सामग्रीमा जानुहोस्
शुक्रबार, कात्तिक १३, २०८३

कारबाओ कपमा लिभरपुलले चेल्सीलाई हरायो

कारबाओ कपको चौथो चरणमा लिभपुल विजयी भएको छ। बिहीबार राति एन्डफिल्डमै भएको खेलमा लिभपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ ले हरायो।

निर्धारित समयको खेलमा १–१को बराबरीमा सकिएको थियो। त्यसपछि पेनाल्टी सुटआउटमा लिभरपुलका एलेक्सिस म्याक एलिस्टर, अलेजेन्डर इसाक, कोडी ग्याक्पो, फ्लोरिन विट्ज, ब्राड्ली बार्कोला र जोइ गोमेजले गोल गर्दा रायन ग्रावेनबेर्च, कोन्स्टान्टिनोस सिमिकास भने चुके।

यता, चेल्सीका पेड्रो नेटो, मोर्गन रोजर्स, रामेओ लाभिया, जोर्डन हेन्डरसन, लेवी कोलविलले गोल गर्दा भ्यालन्टियन बार्को, इमानुयल इमेघा र वेस्ली फोफाना गोल गर्न चुकेका थिए।

त्यसअघि निर्धारित समयममा लिभरपुलका ग्याक्पो र चेल्सीका रोजर्सले गोल गरेका थिए। यी दुवै गोल पनि पेनाल्टीबाटै भएको थियो।

सेयर गर्नुहोस्

1KShares