सामग्रीमा जानुहोस्
बुधबार, कात्तिक ११, २०८३

आर्सलन कारबाओ कपको चौथो चरणबाटै बाहिरियो

मिकेल अर्टेटाको टिम आर्सनल कारबाओ कपको चौथो चरणबाटै बाहिरएको छ।

मंगलबार राति भएको खेलमा चौथो डिजिभन क्लब फ्लिटउड टाउन एफसीसँग पेनाल्टी सुटआउटमा ५–३ले पराजित हुँदै आसृनल कारबाओ कपबाट बाहिरिएको हो।

निर्धाििरत समयो खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा फ्लिटउडका पाँचौं खेलाडीले गोल गर्दा आर्सनलका लागि ब्रुनो गिमारेस गोल गर्न चुके। उनको प्रहार फ्लिटउडका किपरले रोकेका थिए। उसका मार्टिन ओडेगार्ड, भिक्टर ग्योकेरेस र काइ हाभर्ट्जले गोल गरे।

त्यसअघि निर्धारित समयको खेलमा पनि फ्लिटउडले नै अग्रता लिएको थियो। उसका आरोन लौपालो बिले २१औं मिनेटमा गोल गरेका थिए। ५०औं मिनेटमा अर्सानलका ग्योकेरेसले बराबरी गोल फर्काएका थिए।

८६औं मिनेटमा आर्सनल १० खेलाडीमा समेटिएको थियो। उसका म्याक्स डाउमनले सिधै रातोकार्ड पाएका थिए।

सेयर गर्नुहोस्

464Shares