सामग्रीमा जानुहोस्
बुधबार, कात्तिक ११, २०८३

एम्बाप्पे चम्किँदा एल क्लासिकाेमा रियलकाे जित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न एल क्लासिकोमा रियाल मड्रिडले चिपरिचित प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध २–१ को जित दर्ता गरेको छ।

क्याम्प नोउमा पाहुना टोली रियाललाई जित दिलाउन दुवै गोल किलियन एमबाप्पेले गरे। बार्सिलोनाका राफिन्हाले एक गोल फर्काए ।

खेलको ४१औँ मिनेटमा एमबाप्पेको गोलमार्फत रियाललले अग्रता लिएको थियो । ६१औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई बराबरीमा ल्याए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा एमबाप्पले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई रोमाञ्चक जित दिलाए। जारी सिजनको ला लिगामा बार्सिलोनाको यो पहिलो हार हो ।

पराजय व्यहोरे पनि बार्सिलोना १० खेलबाट २७ अंकका साथ शीर्षस्थानमा कायम छ । जित निकालेको रियाल समान खेलबाट २४ अंकका साथ तेस्रो स्थानमा छ ।

सेयर गर्नुहोस्

1.5KShares