सामग्रीमा जानुहोस्
बिहिबार, कात्तिक १९, २०८३

एनपिएलमा आज दुई खेल : लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाडौं भीड्दै

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न साढे १२ बजे हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धामा उत्रनेछन्।

लुम्बिनी जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गर्न चाहन्छ भने जनकपुर पछिल्लो हारको निराशा बिर्सेर पुनरागमन गर्ने योजनामा छ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स आफ्नो अपराजित यात्रालाई कायम राख्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । जनकपुर बोल्ट्स भने डिफेन्डिङ च्याम्पियन लुम्बिनीलाई हराउँदै प्लेअफ पुुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ । तीन खेल खेलेको लुम्बिनी अपराजित छ । 

चार खेले खेलिसेको जनकपुर बोल्ट्सले दुई जित र दुई हारसँगै ४ अंक जोडेको छ ।

साँझ ५ हुने दोस्रो खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्ग्सको सामना गर्नेछ। काठमाडौं र विराटनगर पनि जित हासिल गर्दै आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछन्।

विराटनगर किंग्सले ४ खेलबाट ४ अंक जोडेको छ भने काठमान्डु गोर्खाजको २ खेलबाट २ अंक छ । 

सेयर गर्नुहोस्

111Shares