सामग्रीमा जानुहोस्
शुक्रबार, कात्तिक २०, २०८३

लुम्बिनीको लागतार तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन लगातार तेस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा उसले जनकपुर बोल्ट्सलाई १६ रनले हरायो।

योसँगै उसले समग्रमा उसले आफ्नो अपराजित यात्रालाई लगातार नवौं जितसम्म पुर्‍याएको छ। अघिल्लो सिजन लिग चरणमा सुदूरपश्चिमसँग पराजित भएपछि लुम्बिनीले लगातार तीन खेल जित्दै प्लेअफमा स्थान बनाएको थियो। त्यसपछि एलिमिनेटर, क्वालिफायर र फाइनलसमेत जितेर उसले लगातार ६ खेल जितेको थियो।

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। यो जितसँगै लुम्बिनीले चार खेलबाट ७ अंक जोडेको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। जनकपुर भने पाँच खेलबाट ४ अंकसहित चौथो स्थानमा छ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे। यही प्रदर्शनका लागि उनी प्लेयर अफ द म्याच घोषित भए।

निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५ र आसिफ शेखले २१ रन बनाए। शमिम हुसेनले १३ तथा रुबेन ट्रम्पलम्यानले ८ बलमा २ छक्कासहित १५ रन जोडे।

जनकपुरका लागि बिशाल शुस्लिङ र राहुल यादवले समान २ विकेट लिए। ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले एक–एक विकेट लिए।

१५० रनको लक्ष्य पछ्याएका जनकपुरले ८ विकेटको क्षतिमा १३३ रन मात्र बनाउन सक्यो। उसका हर्मित सिंहले ३३, आदित्य महताले ३०, सैफ हुसेनले २८ र तृतराज दासले १८ रन बनाए।

लुम्बिनीका लागि डार्सी शर्टले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। शेर मल्लले २९ रन दिएर २ तथा तिलक भण्डारीले ५ रन मात्रै खर्चेर २ विकेट लिए। रुबेन ट्रम्पलम्यानले एक विकेट लिए।

सेयर गर्नुहोस्

1.5KShares