सामग्रीमा जानुहोस्
बुधबार, मंसिर २, २०८३
एनपिएल

एलिमिनेटरमा काठमाडौं र चितवन भीड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको इलिमिनेटरमा बुधबार काठमाडौं गोर्खाज र चितवन राइनोज भीड्दै छन्।

यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने छ। खेलमा दुवै टोलीको लक्ष्य इलिमिनेटर पार गर्दै उपाधि यात्रालाई अघि बढ्नु हुनेछ।

लिगमा तेस्रो र चौथो स्थानमा रहेपछि काठमाडौं र चितवन एलिमिनेटरमा भीड्न लागेका हुन्। काठमाडौंले सात खेलबाट चार जितसहित आठ अंक जोड्दा चितवनले तीन जित र एक नतिजाविहीन खेलबाट सात अंक हासिल गरेको थियो।

यो खेलको विजेताले फाइलन प्रवेशका क्वालिफायर वानमा पराजित सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ।

लिग चरणमा काठमाडौंले चितवनलाई १० रनले पराजित गरेको थियो। त्यसैले चितवनसँग बदलाको अवसर हुनेछ।

सेयर गर्नुहोस्

1.3KShares