सामग्रीमा जानुहोस्
बिहिबार, मंसिर ३, २०८३

एनपीएलमा कामिल मिशाराकाे कीर्तिमानी शतक

राजधानीमा जारी तेस्रो संस्करणको एनपीएलमा दोस्रो शतक प्रहार भएको छ।

चितवन राईनोजका कामिल मिशारालेले काठमाडौं गोर्खाजकाविरूद्ध शतक प्रहार गरे। उनले ५३ बलमा ८ छ्क्का र ४ चौकाको मद्दतमा शतक पूरा गरे। उनले ५९ बल खेल्दै ५ चौका र १० छक्का मद्दतमा अविजित १२० रन बनाए।

याे एनपिएलकै व्यक्तिगत उच्च स्काेर हाे। जारी एनपीएलमा शतक हिर्काउने उनी दोस्रो खेलाडी समेत बने।

यसअघि पोखरा एभेन्जर्सका युवराज सामराले शतक बनाएका थिए। सामराले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका थिए । एनपीएल इतिहासको यो पाचौं शतक हो, जसमा तीन पोखराका खेलाडीको नाममा छ। 

पहिलो संस्करणमा पोखराकै एन्ड्रेज हाउसले ५४ बलमा शतक पुरा गरेका थिए। उनले सो खेलमा अविजित १ सय ४ रन बनाएका थिए । दोस्रो संस्करणमा पोखराकै एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध नै ५४ बलमा शतक बनाएका थिए, उनले सो खेलमा ५८ बलमा अविजित १ सय ८ र बनाएका थिए।

गत संस्करणमा नै कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो। वाटले सो खेलमा ४४ बलमा अविजित १ सय १४ रन बनाएका थिए । १ सय १४ रन नै वाटको नाममा एकै खेलमा सर्वाधिक बढी रन बनाउने खेलाडीको रेकर्ड समेत छ ।

सेयर गर्नुहोस्

1KShares