सामग्रीमा जानुहोस्
आइतबार, मंसिर ६, २०८३
एनपिएल फाइनल

पहिलो पटक च्याम्पियन बन्ने सुदूरको लक्ष्य, लागतार उपाधि उचाल्ने लुम्बिनीको दाउ

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजबाट सकिँदैछ, साँझ हुने लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनलसँगै। त्रिवि मैदान कीर्तिपुरमा शनिबार साँझ ५ बजे हुनेछन्।

यी दुईबीचको यो सिजनकै तेस्रो भीडन्त हो। यो भीडन्त दुवै टिमका लागि इतिहास बाउने अवसरका रुपमा हुनेछ।

यसअघिका दुवै खेलमा सुदूरपश्चिमविरुद्ध प्रभावहाली जित निकालेको लुम्बिनी फेरि पनि हाराउँदै लागतार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ। यस्तो भए, त्यो इतिहास हुनेछ। एनपिएल उपाधि दोस्रो पटक जित्जे टिम बन्ने छ, लुम्बिनी।

यता, लागतार तेस्रो पटक फाइलन पुग्दै इतिहास बनाइसकेको सुदूरपश्चिम फाइलन जित्ने अर्को इतिहास पनि बनाउन चाहन्छ। लुम्बिनीसँगको लागतार तेस्रो हारलाई बिर्साउँदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ। तर, त्यसका लागि उसका टप अर्डरले राम्रो ब्याटिङ गर्नुपर्ने छ। यो प्रतियोगितामा उसको टप अर्डर पुरै फ्लप भएको छ।

फाइनल खेलअघि लुम्बिनीका कप्तान रोहितले तीन दिनको विश्रामपछि टोलीले राम्रो अभ्यास गरेको र खेलाडीहरूले सुधार गर्नुपर्ने पक्षमा काम गरेको बताएका थिए।

टोलीले पछिल्ला खेलमा हासिल गरेको जितले आत्मविश्वास बढाएको उल्लेख गर्दै रोहितले मोमेन्टम कुनै पनि टिम गेम र प्रतियोगितामा महत्वपूर्ण हुने बताए ।

‘मोमेन्टम एकदमै इम्पोर्टेन्ट हो कुनै पनि टिम गेममा र टुर्नामेन्टमा, मोमेन्टम भयो भने एउटा फिल हुन्छ । टिममा कुनै पनि सिचुएसनबाट जित्न सक्छौँ भन्ने विश्वास हुन्छ । अहिले मलाई लाग्छ लुम्बिनी लायन्समा त्यो फिल छ,’ उनले भने।

लुम्बिनीले पछिल्ला तीन खेलमा सुदूरपश्चिमलाई पराजित गरे पनि त्यसलाई फाइनलको नतिजासँग जोड्न नहुने उनको भनाइ छ । सुदूरपश्चिमले त्यसअघि दुई खेल जितेको स्मरण गर्दै उनले क्रिकेटमा जुनसुकै नतिजा आउन सक्ने बताए ।

यता सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले लुम्बिनीको बलिङ आक्रमण राम्रो रहेको र त्यसको सामना गर्ने रणनीति टोलीले बनाइसकेको बताए ।

टोलीको खेलाडी संयोजनबारे बोल्दै दीपेन्द्रले खेलाडी परिवर्तन हुँदा टिमको सन्तुलनमा असर पर्ने बताए। परिस्थितिअनुसार खेलाडी परिवर्तन गर्दा नयाँ खेलाडीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्ने अवस्था पनि रहने उनको भनाइ थियो।

‘कोही प्लेयर खेलिरहेको छ, यहाँको कन्डिसनमा खेलिरहेको छ भने अचानक त्यो गयो भने टिमको ब्यालेन्स पनि बिग्रिन्छ । आउने प्लेयर पनि त्यो अनुसारले पर्फर्मेन्स गर्दैन । कोही प्लेयरले गर्छ, कोही प्लेयरले गर्दैन। त्यसले अलिकति ब्यालेन्स त बिग्रिन्छ । त्यसअनुसार हामी पनि तलमाथि गरिरहेका छौँ,’ उनले भने।

लुम्बिनीले प्रतियोगिताभर आफ्नो टोलीमा धेरै परिवर्तन गरेको छैन। नियमित खेलाडीलाई निरन्तरता दिँदै आएको टोलीले पहिलो क्वालिफायरमा पनि सन्तुलित प्रदर्शन गरेको थियो। त्यसैले फाइनलमा पनि पहिलो क्वालिफायरकै टोलीलाई निरन्तरता दिने सम्भावना छ।

सुदूरपश्चिमले भने प्रतियोगिताका विभिन्न चरणमा टोलीमा परिवर्तन गर्दै आएको छ। तर, दोस्रो क्वालिफायरमा चितवनलाई हराएको टोलीले फाइनलमा पनि सोही विजयी संयोजनलाई निरन्तरता दिने सम्भावना छ।

सेयर गर्नुहोस्

1.2KShares