सामग्रीमा जानुहोस्
आइतबार, मंसिर ६, २०८३

एनपिएल फाइनल : लुम्बिनीले दियो सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

कीर्तिपुरथिस्त टियू मैदानमा जारी फाइनलमा टस हारेर पहिला ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन लुम्बिनीले ६ विकेटको क्षतिमा १५५ रन बनायो।

उसका लागि दिलीप नाथले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ३ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन बनाउँदा निरोशन डिकवेलाले १७ बलमा २८ रन बनाए।

यस्तै, अली शेखले १२ बलमा २४ र डार्शी सर्टले १८ बलमा २१ रन जोडे।

बलिङमा लुम्बिनीका स्कट कुगेलेइनले २ तथा हेमन्त धामी र थरिन्दु रत्नानायकेले समान १ विकेट लिए।

लुम्बिनी उपाधि रक्षा गर्ने दाउमा छ भने सुदूरपश्चि यसअघिका २ फाइलनको हारलाई भुलाउँदै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ।

सेयर गर्नुहोस्

1.5KShares