सामग्रीमा जानुहोस्
आइतबार, मंसिर ६, २०८३

सुदूरपश्चिम बन्यो एनपिएलको नयाँ च्याम्पियन

सुदूरपश्चिम रोयल्स नेपाल प्रियिमर लिग (एनपिएल)को नयाँ च्याम्पियन बनेको छ। यसअघिका दुई फाइलनमा पारजित भएको उसले तेस्रो प्रयासमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै उपाधि आफ्नो नामम गरेको हो।

योसँगै सुदूरपश्चिम लुम्बिनीसँग लगतार तीन हारको बदला पनि लियो। यसमा अघिल्लो सिजनको फाइनल पनि छ। यता, लुम्बिनीको लागतार दोस्रो पटक च्यामिम्पयन बन्ने सपना अधुरै रह्यो।

सुदूरपश्चिमलाई च्याम्पियन बनाउने क्रममा ओपनर जर्ज मन्सेले शानदार ब्याटिङ गर्दै शतक प्रहार गरे। उनले ५४ बलमा ८ चौका र १२ छक्का मद्दतमा नटआउट १२५ रन बनाए। यो फाइनलको पहिलो शतक हो भने सिजनको तेस्रो शतक हो।

१५६ रनको मध्यम लक्ष्य सुदूरपश्च्मिले ३९ बल बाँकी छँदै भेट्टायो। उसका लागि मन्सीसँगै विनोद भण्डारीले २७ बलमा ३० रन बनाए।

कीर्तिपुरथिस्त टियू मैदानमा जारी फाइनलमा टस हारेर पहिला ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन लुम्बिनीले ६ विकेटको क्षतिमा १५५ रन बनायो।

उसका लागि दिलीप नाथले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ३ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन बनाउँदा निरोशन डिकवेलाले १७ बलमा २८ रन बनाए।

यस्तै, अली शेखले १२ बलमा २४ र डार्शी सर्टले १८ बलमा २१ रन जोडे।

बलिङमा लुम्बिनीका स्कट कुगेलेइनले २ तथा हेमन्त धामी र थरिन्दु रत्नानायकेले समान १ विकेट लिए।

लुम्बिनी उपाधि रक्षा गर्ने दाउमा छ भने सुदूरपश्चि यसअघिका २ फाइलनको हारलाई भुलाउँदै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ।

सेयर गर्नुहोस्

1.1KShares