सामग्रीमा जानुहोस्
शुक्रबार, मंसिर ११, २०८३

वैवाहिक बन्धनमा बाँधिए रोहित पाैडेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन्। उनले सिम्रन खड्कासँग विवाह गरेका हुन् ।

रोहितले आफ्नो आधिकारिक फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका हुन् । उनीहरूबीच थाइल्यान्डमा विवाह भएको खुलेको छ ।

रोहितको विवाहका लागि कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत राष्ट्रिय टोलीका खेलाडी पनि थाइल्यान्ड पुगेका थिए ।

उनका विवाहका तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनलाई बधाई तथा शुभकामना दिने क्रम जारी छ । 

सेयर गर्नुहोस्

1.2KShares