नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरेको छ।
मञ्चले एक कार्यक्रम गर्दै शुक्रबार वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको शीर्ष ३को मनोनयन सार्वजनिक गरेको हो।
वर्षको उत्कृष्ट खेलाडी पुरुष खेलाडीका लागि राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल, क्रिकेटकै आसिफ शेखलाई एथलेटिक्सका दिपक अधिकारीले चुनौती दिनेछन्। त्यस्तै वर्ष उत्कृष्ट खेलाडीका लागि बास्केटबलकी अनुशा मल्ल, एथ्लेटिक्स राजपुरा पछाई र पुष्पा भण्डारीबीच प्रतिस्पर्धा हुन्ेछ।
वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयनमा यू–१९ क्रिकेट टिमका कप्तान देव खनाल, एथ्लेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ परेका छन्। यस्तै, वर्षको उत्कृष्ट प्रशिक्षकमा एथ्लेटिक्स चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा छन्।
यस पटक २०औं संस्करण माघ २८ गते आइतबार याक एन्ड यति होटलमा आयोजना हुँदैछ । उत्कृष्ट तीनबाट कार्यक्रमकै दिन विजेता चयन गरिने छनोट समितिका समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिए।
पिपल्स च्वाइस विधामा भने पाँच मनोनयन नै यथावत् र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा हुने मञ्चले जनाएको छ । यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन्।