सन्तोषी श्रेष्ठले धरान टेनके रनको उपाधि जितेकी छन्। धरानमा शनिबार भएको रनमा सन्तोषीले निर्धारित दूरी ३८ मिनेट ०८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेनी।
यस्तै छेन्बिमाया राई ४४ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो तथा इन्द्रकला नेम्वाङ ४५ मिनेट २८ सेकेन्ड टाइमिङ सहित तेस्रो भइन्।
सन्तोषीले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी भाग लिएको पछिल्लो तीनवटै प्रतियोगिताको उपाधि जितेकी छन्। एक साताअघि मात्र पोखरामा भएको पोखरा म्याराथनमा सन्तोषीले महिलातर्फ हाफ म्यारथनको उपाधि जितेकी थिइन्।
यस्तै १३औं सागकी स्वर्ण विजेता सन्तोषीले गत महिना बंगलादेशमा भएको बंगबन्धु म्याराथनको उपाधि जितेकी थिइन्। उनले म्यारथन डेब्यैम स्वर्ण जितेकी हुन्।
पुरुषतर्फ केन्याका जुलियस मुरुकीले धरान टेनकेको उपाधि जिते। उनले निर्धारित दूरी ३२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन् । यस्तै प्रशान्त तामाङ ३४ मिनेटमा दूरी पूरा गर्दै दोस्रो तथा पवन राई ३४ मिनेट ११ सेकेन्ड टाइमिङ सहित तेस्रो भएका छन्।
यसैगरी भेट्रान्सतर्फ रेव दाहाल र सुपर भेट्रान्सतर्फ तिलबिक्रम सम्बाहाम्फे पहिलो भए। धरान टेन केका दुवैतर्फका विजेताले ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार रुपैयाँ प्राप्त गरेका छन्।