आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल एको उत्कृष्ट सुरुआत, पावर प्लेमै बनायो ८७ रन

30 Mar, 2024

टि–२० सिरिजको दोस्रो खेलमा २२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल एले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको छ। विशाल लक्ष्य पछ्याउँदा उत्कृष्ट सुरुआत गरेको नेपालले पावर प्लेमा १ विकेट गुमाउँदै ८७ रन बनाएको छ।

नेपालका लागि अघिल्लो खेलमा शतक बनाएका लोकेश बमले १३ बलमा ३ चौका र २ छक्का मद्दतमा २५ रन बनाए। यस्तै, देव खनालले १५ बलमा ५ चौका प्रहार गर्दै ३० रन बनाउँदा विनोद भण्डारीले ९ बलमा २५ रन बनाएका छन्।

त्यसअघि आयरल्यान्डले निल रक र पिटर मोरको आकर्षक अर्धशतक मद्दतमा ६ विकेटको क्षतिमा २२४ रन बनाएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]